loader

Breaking News

प्रधानमन्त्री मोदीको 75औं जन्मदिनमा सिक्किममा सेवा पखवाडा अन्तर्गत लाभ वितरण

Image
 


प्रधानमन्त्री नरेन्द्र मोदीको 75औं जन्मदिनको अवसर पारेर सिक्किममा आज सेवा पखवाडा विशेष कार्यक्रम आयोजना गरियो। गान्तोकको स्वर्ण जयन्ती मैत्रेय मञ्जरी पार्कस्थित उत्सव प्लाजामा भएको यस कार्यक्रममा राज्यपाल ओमप्रकाश माथुर र मुख्यमन्त्री प्रेम सिंह तमाङ (गोले) उपस्थित रहे।
कार्यक्रममा विभिन्न विभागहरूले सयौं लाभार्थीलाई सहयोग र सुविधा हस्तान्तरण गरेका थिए।
शहरी विकास विभाग अन्तर्गत सातवटा नगर निकायका 75 सफाइ मित्रलाई सम्मान गरियो। स्वच्छ भारत मिशनअन्तर्गत नगरपालिकाहरूलाई डि–स्लजिङ गाडी हस्तान्तरण गरियो। त्यस्तै, सीवर तथा सेप्टिक ट्याङ्कीमा काम गर्ने श्रमिकलाई प्रधानमन्त्री जन आरोग्य योजना अन्तर्गत स्वास्थ्य बीमा कार्ड र सिक्किम अर्बन गरीब आवास योजनाका घरहरूको चाबी वितरण गरियो।
ग्राम पंचायत र श्रमिक सहयोगमा पंचायती राज विभागले नौ थिममा उत्कृष्ट कार्य गर्ने ग्राम पंचायत युनिटलाई 1,11,111 रुपैयाँको नगद पुरस्कार दियो।
श्रम विभागले बोसडब्ल्यू कल्याण योजना अन्तर्गत राज्यभरका 10 हजार श्रमिकलाई सहयोग गरेको छ भने केहीलाई कार्यक्रममा नै 10–10 हजारको चेक हस्तान्तरण गरियो।
आमा सशक्तिकरण र छात्रवृत्ति दिने क्रममा महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा दिव्याङजन विभागमार्फत गान्तोक, स्यारी र सङ्घ निर्वाचन क्षेत्रका करिब 1100 आमालाई आमा सशक्तिकरण योजना अन्तर्गत चेक हस्तान्तरण गरियो।
त्यस्तै, दिव्याङ विद्यार्थीलाई छात्रवृत्ति र उत्कृष्ट स्थान हासिल गर्नेहरूलाई नगद पुरस्कार दिइयो। अपाङ्ग दम्पतीलाई विवाह सहयोगस्वरूप दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो।

नशामुक्त अभियान र सामाजिक कल्याणलाई प्रोत्साहन गर्न नशामुक्त भारत अभियान अन्तर्गत कविता र निबन्ध प्रतियोगिताका विजेतालाई 10–10 हजार रुपैयाँ र प्रमाणपत्र दिइयो।
पुनर्वास केन्द्रबीच आयोजित “ट्यालेन्ट शो” का विजेतालाई प्रमाणपत्र र वाटर प्युरिफायर हस्तान्तरण गरिएको थियो।
यसरी नैअन्य विभागहरूको पनि कार्यक्रममा योगदान रहेको थियो।
आमा सहयोग योजना अन्तर्गत महिलालाई ग्यास सिलिन्डर किन्न वार्षिक 4400 रुपैयाँको चेक, सहकारिता विभागमार्फत सहकारी संस्थालाई यातायात तथा बजार अनुदान, पशुपालन विभागमार्फत दूध चिस्याउने उपकरण र चारा काट्ने मेसिन, स्वास्थ्य विभागमार्फत क्षयरोग उन्मूलन अभियानका लागि एनजिओलाई सहयोग र पोषण आहार वितरण गरिएको थियो।
शिक्षा विभागमार्फत विद्यालयलाई ग्यास कुपन र साइन्स किट, वन विभागमार्फत ‘मेरो रुख, मेरो सन्तति’ कार्यक्रममा सहभागी परिवारलाई स्थायी निक्षेप प्रमाणपत्र, धर्म तथा संस्कृति विभागमार्फत गुम्बा र मन्दिरलाई आर्थिक सहयोग। पनि आजको कार्यक्रममा वितरण गरियो। 


Leave a Comment